२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा वर्षमानको उपचार सुरु



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको चीनमा उपचार सुरु भएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको पुनको सचिवालयले जनाएको छ ।

उपचारका लागि पुन यही मंरि १६ गते चीन जानुभएको थियो । उहाँको सो रोगको उपचार यसअघि पनि सोही अस्पतालमा भएको थियो । सुमेरु अस्पतालमा गत वर्ष उपचार सम्भव नभएपछि उहाँ थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पताल जानुभएको थियो ।

त्यहाँ उहाँले दुई महिना उपचार गराउँदा पनि सन्तोषजनक सुधार नभएपछि त्यहीँबाट चीनको सेनजेन उपचारका लागि जानुभएको थियो । चीनमा उपचारपछि उहाँ गत वर्षको माघ १० गते काठमाडौँ फर्कनुभएको थियो ।

निर्वाचनको समयमा उहाँको रोग पुनः बल्झिएपछि थप उपचारका लागि उहाँ चीन जानुभएको हो ।