२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसालय आश्रमलाई सहयोग



अ+ अ-

भक्तपुर । सानीमा लाइफ इन्सोरेन्स कम्पनीले आफनो पाँचौँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित ‘तुलसालय आश्रम’लाई खाद्यान्न सहयोग गरेको छ ।

सानीमा लाइफ इन्सोरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तुलसालय आश्रममा दाल, चामल, तेललगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको कम्पनीका क्षेत्रीय प्रमुख नरेशकुमार थापाले जानकारी दिनुभयो । उहाँले आफनो कम्पनीको स्थापना दिवसको अवसरमा उपत्यकामा मात्र नभइ सातै प्रदेशमा यस किसिमको सहयोग गरिएको बताउनुभयो । आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिइने प्रमुख थापाले उल्लेख गर्नुभयो ।

तुलसालय आश्रमका सञ्चालक बिमल काफलेले सानीमा लाइफ इन्सोरेन्सको सहयोगले आफनो संस्थालाई थप ऊर्जा मिलेको बताउनुभयो । कार्यक्रममा सानीमा लाइफ इन्सोरेन्स नयाँ बानेश्वर शाखाका प्रमुख मनोजकुमार शाह, एमडिआरटी च्याङ्बारानी तामाङ, एजेन्सी म्यानेजर कौशल कुश्वाहालगायतको सहभागिता थियो । तुलसालय आश्रमले विभिन्न क्षेत्रका अनाथ बालबालिकाको हेरचाह गर्दै आएको छ । रासस