२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा कार दुर्घटना हुँदा ५ जना घाइते, दुईको अवस्था गम्भीर



अ+ अ-

काठमाडौँ । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकोमा प्राथामिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जादै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना भएको हो । गम्भीर घाइते हुनेमा तनहुँ आवुखैरनी गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षिय कार चालक सिशन त्रिपाठी र सोहि ठाउँकी २५ वर्षिय प्रकृती त्रिपाठी रहेका छन् ।

यस्तै अन्य तिन जना घाइतेहरु मध्ये ५५ वर्षकी लक्ष्मी त्रिपाठी, ५१ वर्षका अन्सु त्रिपाठी,२८ वर्षिय शिशिर त्रिपाठी रहेका छन् । कार सडक देखि ८० मिटर तल खसेको छ ।