२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकप: गोल्डेन बुटको दाबेदारमा एमबाप्पे, मेस्सी र जिरोड



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । गए रातिबाट क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै विश्वकपमा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । जसमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को रहेका छन् ।

आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनसँगै दर्शकहरुले फिफा विश्वकपमा प्रदान गरिने अवार्डमाथि पनि चासो राख्दछन् । यी मध्ये एक हो ‘गोल्डेन बुट’ । यो अर्वाड विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइन्छ ।

अन्तिम पटक २०१८ मा रसियामा भएको विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट दिइएको थियो । उनले ६ गोल गरेका थिए ।

यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदारमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले सबै खेलाडीलाई पछाडि पारेका छन् । उनले ५ गोल गरिसकेका छन् ।

यस्तै, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा रहेका छन् । मेस्सी र जेरुडले समान ४/४ गोल गरेका छन् ।