२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधिकारिकता पाएसँगै उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक



फाइल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो । अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो बैठक आज बस्न लागेको हो  ।

बैठकमा पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने बताईएको छ । 
निर्वाचन आयोगमा हिजो भएको हेड काउन्टमा उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।

सोलगत्तै आयोगले उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारिकता दिँदै महन्थ ठाकुर पक्षलाई प्रक्रिया पुर्याएर नयाँ पार्टी दर्ता गर्न आउन भनेको थियो ।