२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारकेश्वर घटना: सविन फुयाललाई न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन



अ+ अ-

काठमाडौं । टिपरले ठक्कर दिएर घाइते भएका सविन फुयाँललाई आक्रमण गरी हत्या गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ मा टिपरको ठक्करबाट घाइते भएका त्रिचन्द्र क्याम्पसका विद्यार्थी फुयाँलको टिपरका चालकलगायतले हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज बिहान र्यार्ली निकालेर प्रदर्शन गरेका हुन् ।

तारकेश्वर नगरपालिका ३, पाँचमाने निवासी २१ वर्षीय फुयाँललाई मंसिर २५ गते राति ९ बजे बा ५ख ६७७९ नम्बरको महालक्ष्मी एण्ड बलामी सप्लायर्सको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट घाईते फुयाँलको चालकलगायतले घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेको पीडित परिवारको दाबी छ ।

पीडितको परिवारले सबिनलाई ठक्कर दिएपछि कर्तव्य गरेर मारेको भन्दै दोषीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग राखेका छन् । उनिहरुको अनुसार दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा सबिनको शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरवालाहरु भागेका थिए।

प्रहरीले अनुसन्धानको लागि महालक्ष्मी एण्ड बलामी सप्लायर्सका सन्चालक र उनका भाइलाई नियन्त्रणमा लिएको छ । तर, टिपर चालक, सहचालक लगायतका व्यक्ति भने फरार रहेका छन् ।