२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपमा तीन दिनभित्र दुई पत्रकारको मृत्यु



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा तीन दिनभित्र दुई पत्रकारको मृत्यु भएको छ । मंगलबार कतारका फोटो पत्रकार खालिद–अल–मिस्लामको मृत्युको खबर सार्वजनिक भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार खालिद कतारको अल कास टिभीका लागि काम गरिरहेका थिए ।

यसअघि शनिबार अमेरिकी पत्रकार ग्रान्ट वालको मृत्युको खबर बाहिर आएको थियो । समलिङ्गी समुदायको समर्थनमा इन्द्रेणी शर्ट लगाएका उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो र केही दिनपछि वालको मृत्यु भएको खबर आयो ।

यद्यपी खालिदको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको मृत्युको खबर पहिलो पटक स्थानीय समाचार एजेन्सी गल्फ टाइम्सले दिएको थियो । त्यहाँ लेखिएको छ – ‘फिफा विश्वकप कभर गर्ने क्रममा खालिदको अचानक निधन भयो । उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’

अल कास टिभीले पनि प्रत्यक्ष प्रसारणमा समाचारको पुष्टि गर्दै थप विवरणको लागि पर्खिरहेको बताएको छ । ४८ घण्टाअघि लुसेल स्टेडियममा अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको क्वार्टरफाइनल खेल कभर गर्ने क्रममा अचानक लडेर अमेरिकी पत्रकार ग्रान्ट वालको मृत्यु भएको खबर आएको थियो ।