काठमाडौं । आज पनि बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ५ सयले बढेको हो । हिजो (बुधबार) प्रतितोला रु ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार) बढेर प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९२ हजार ७ सय कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १३२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







