२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यादी प्रहरी बन्न जिल्ला प्रहरी कार्यालय बाँकेमा युवायुवतीको भीड



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेमा फर्म भर्नेहरुको भिड लागेको  छ । 

स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै देशैभर म्यादी प्रहरीमा फर्म भर्नेहरुको भिड लाग्न लागेको छ । म्यादी प्रहरीको लागि फर्म भन्ने समय चैत ११ गतेसम्म मात्रै रहेको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बाँके जिल्लामा १३६ ओटा मतदान केन्द्र र करिब ६९ किलो मिटर खुल्लासिमामा सुरक्षा दिनु पर्ने भएकाले  म्यादी प्रहरीमा भर्ना खुल्ला गरिएको बताउनु भयो । 

उहाँले  १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले चैत म्यादी प्रहरीमा भर्ना हुन पाउने बताउनु भयो । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने एसपी अधिकारीको भनाई छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व सुरक्षा कर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका  र चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने बताउनु भयो ।  अधिकारीले बाँके जिल्लाको लागि १ हजार ६८६ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी रहेको  बताउनु भयो ।

म्यादी प्रहरीमा भर्ना हुन आएका लागि बाँकेका सबै स्थानीय तहकाबाट युवाहरु आएका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० का नरेन्द्र सुनारले बेरोजगार भएर बसेकाले थोरै समय भए पनि जागिर खान आएको बताउनु भयो । ४० दिन भए पनि घर खर्च चलाउनको लागि खर्च जुट्ने भएकाले म्यादी प्रहरीमा भर्ना हुन आएको बताउनु भयो ।

आइतबारबाट भर्ना खुल्ला भएकाले आइतबार नै एक हजार जनाले फर्म भरेका छन्। फर्म भर्नेको धेरै भीड रहेकाले सबैको दर्ता गर्न नसकिएको बाँके प्रहरीले बताएको छ । फर्म भर्ने काम सकिएपछि १५ गतेबाट शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुने छ । म्यादी प्रहरी जवानको तलब ४० दिनको ४४ हजार चार सय ४४ रुपैयाँ पाउने छन् । उनीहरुको बीमा लगायतका अन्य सुविधा पनि हुने छ ।




भर्खरै