२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋतिकको स्थानमा केजीएफ स्टार यश रावण बन्ने



अ+ अ-

एजेन्सी । चलचित्र निर्माता नितेश तिवारी केही दिनयता रामायणमा पौराणिक चलचित्र बनाउने तयारीमा छन् । फिल्मको स्क्रिप्ट तयार भइसकेको छ, जसमा रावणको भूमिकाका लागि ऋतिक रोशनलाई अप्रोच गरिएको थियो ।

तर पछिल्लो रिपोर्ट अनुसार यसमा ऋतिक रोशन नभई केजीएफ स्टार यशले रावणको नेगेटिभ भूमिका निभाउनेछन् ।

पिंकभिल्लाको हालैको रिपोर्ट अनुसार ऋतिक रोशनले रामायणमा बन्ने फिल्मको प्रस्ताव अस्वीकार गरेका छन् । ऋतिक अब नकारात्मक भूमिका खेल्न चाहँदैनन् । यसअघि रिलिज भएको फिल्म विक्रम वेधामा पनि ऋतिकले नकारात्मक भूमिका खेलेका थिए र उनी अर्को नकारात्मक भूमिका खेल्न चाहँदैनन् ।

ऋतिक रोशनले प्रस्ताव अस्वीकार गरेपछि, नितेश तिवारी र निर्माता मधु मन्टेनाले अब केजीएफ स्टार यशलाई भूमिका प्रस्ताव गर्ने निर्णय गरेका हुन् । निर्माताले फिल्मको स्क्रिप्ट पनि यशलाई हस्तान्तरण गरिसकेका छन् । रिपोर्टका अनुसार यशले स्क्रिप्ट रिडिङ सुरु गरिसकेका छन् । उनीसँग ४–५ फिल्मको स्क्रिप्ट छ, त्यसैले रामायणको रावण अब यश बन्न सक्छन् ।