२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकामा जन्मदिनको पार्टीमा गोली चल्दा ८ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी केप राज्यमा जन्मदिनको पार्टीमा गोली चलेको छ । घटनामा ८ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार घटना आइतबार साँझ ५ः३० देखि ५ः४५ बजेको बीचमा भएको हो । दुईजना आक्रमणकारी एक घरमा प्रवेश गरे र गोली चलाउन थाले । घटनापछि आक्रमणकारीहरू घटनास्थलबाट फरार भएका छन् ।

अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ भने हालसम्म आक्रमणको कारण खुल्न सकेको छैन ।

प्रहरीका अनुसार घरधनी आफ्नो जन्मदिन मनाउँदै थिए । धेरै पाहुना पनि आएका थिए । त्यसपछि दुई आक्रमणकारी आएर अन्धाधुन्ध गोली चलाउन थाले । आक्रमणमा परी आफ्नो जन्मदिन मनाउने घरका मालिकसहित आठ जनाको मृत्यु भएको थियो ।