२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेब्रुअरीको पहिलो साता युएसएआइी प्रमुख सामन्था नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । यही फेब्रुअरी महिनाको पहिलो साता अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावर नेपाल आउने हुनुभएको छ । बुधबार विज्ञप्ति जारी गर्दै युएसएआइडीले पावरले नेपालको भ्रमण गर्ने बताएको छ । यद्यपि उहाँ कुन मितिमा नेपाल आउने भन्नेबारे विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।

नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको यो उच्च तहको भ्रमण हुनेछ । यसअघि सन् २००२ मा अमेरिकाका तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो । पावरलाई क्याबिनेटस्तरकी उच्च अधिकारी मानिन्छ । उहाँ राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत हुनुहुन्छ ।

छोटो अवधिमै अमेरिकाबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हुन लागेको हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले हालै नेपालको भ्रमण गरी फर्किसक्नुभएको छ ।

नेपाल भ्रमणमा रहँदा पावरले नेपालका नागरिक समाजका अगुवाहरु, सामुदायिक समूहहरु, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरुसँग भेट्ने कार्यक्रम रहेको युएसएआइडीले जनाएको छ । भेटमा नेपाललाई थप लोकतान्त्रिक समृद्ध, समावेशी र लचिलो मुलुक बनाउने प्रयास र उपलब्धिहरुबारे छलफल हुनेछ ।

विज्ञप्तिअनुसार पावरले नेपाल र नेपाल सरकारसँग आफ्नो संलग्नता बढाउने युएसएआइडीको प्रतिबद्धता उजागर हुनेछ । विज्ञप्तिमा संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज, मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरुलाई सुदृढ बनाउन गति निर्माण गर्न नयाँ प्रयासहरुको पावरले घोषणा गर्ने उल्लेख छ ।

सन् २०२१ मे ३ बाट युएसएआइडीको जिम्मेबारी सम्हालेकी पावरले नेपाल सरकार र जनतासँगको अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ ।