२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य अङ्कले बढ्यो नेप्से



symbolic picture
अ+ अ-

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ६१ वटा कम्पनीको ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौ सय १६ बराबरको कारोबार भएको छ ।

आज लगानी, लघुवित्त, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । लगानी समूह शून्य दशमलव ३५, लघुवित्त समूह १५ दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ०५, अन्य समूह एक दशमलव २७ र व्यापार समूह तीन दशमलव ६३ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा ८८ दशमलव ०५ र होटल तथा पर्यटन समूहको उपसूचकमा ५० दशमलव ४८ अङ्कको वृद्धि देखिएको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव ६२, वित्त समूह नौ दशमलव ५४, जलविद्युत् समूह तीन दशमलव ७७, उत्पादन समूह २८ र निर्जीवन बीमा २० दशमलव ०५ अङ्कले बढेको छ ।

आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइबीएल समृद्धि फन्ड–२ का लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल बैङ्क लिमिटेडको रू पाँच करोड ९३ लाख ३९ हजार चार सय ४४ बराबरको दुई लाख २२ हजार ५५ कित्ता सेयर कारोबार भएको छ । रासस