२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रिय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकले केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको र प्रतिवेदनलाई पुनः परिमार्जन गरी केन्द्रिय कमिटीमा पेस गर्ने बताउनु भयो । उहाँले प्रतिवेदनलाई थप परिस्कृत बनाउन बैठक बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो पार्टीको केन्द्रिय सचिवालयको ४९ औं बैठक बस्यो । बैठकले यही माघको २१ र २२ गते सम्पन्न हुन लागेको केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल ग¥यो । यो प्रतिवेदनको मस्यौदामाथि व्यापक छलफल गरी यसलाई पुनः परिमार्जन गरी केन्द्रिय कमिटीमा पेस गर्ने र त्यो भन्दा अघि यसलाई व्यवस्थित गर्नेगरी बैठक समाप्त गरेका छौँ ।’

‘हाम्रो राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद यी सबै विषयमा धेरथोर छलफल गरिएको छ, संगठन निर्माण, व्यवस्थित, पुनः गठन गर्ने, क्रमशः अब हाम्रो पार्टीलाई बिस्तारै सबै जिल्लादेखि तल र माथिसम्मका कमिटीहरुलाई बिस्तार गर्ने कार्ययोजना बनाइरहेका छौँ ।’

बैठकले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसदका विषयलाई पनि समेटिएको बताउनु भयो । उहाँले संगठन निर्माण, संगठन व्यवस्थापन र पुनः गठनका प्रक्रियालाई पनि प्रतिवेदनमा समेटिएको बताउनु भयो ।




भर्खरै