२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भर्जिन गलाक्टिकको रकेटमार्फत् अन्तरिक्षको नजिकै पुग्ने सफल, को हुन् यी व्यक्ति ?



अ+ अ-

एजेन्सी । ब्रिटेनका व्यापारी सर रिचर्ड ब्रानसनले आफ्नो जीवनको एउटा ठूलो लक्ष्य अन्तर्गत अन्तरिक्षको नजिकै पुग्ने सपना साकार पार्दैछन्।

आफ्नो कम्पनी भर्जिन गलाक्टिकको रकेटमार्फत् ब्रानसन आइतवार त्यस्तो उचाइमा पुग्नेछन् जहाँ आकाश कालो हुनेछ र पृथ्वीको क्षितिज घुमाउरो देखिनेछ।

यी उद्यमीले अर्को वर्ष पैसा तिरेर जाने सेवाग्राहीलाई त्यस्तो यात्रामा लैजानुअघि आफैले उक्त अनुभवको समीक्षा गर्ने बताएका छन्।

उक्त यान डेढ घण्टा लामो आफ्नो मिसनमा नेपाली समय अनुसार दिउसो ६ बजेर ४५ मिनेट जाँदा न्यू मेक्सिको माथि उड्नेछ। भर्जिन गलाक्टिकले आफ्नो उक्त उडान अनलाइनमा प्रत्यक्ष देखाउँदैछ।

यस विन्दुमा पुग्नका लागि सर रिचर्डले लामो यात्रा तय गरेका छन्। सबैभन्दा पहिले उनले सन् २००४ मा अन्तरिक्ष हवाईजहाज बनाउने आफ्नो मनसाय सार्वजनिक गरेका थिए। त्यसबेला उनले सन् २००७ मै व्यावसायिक सेवा सुरु गर्ने अपेक्षा राखेका थिए।

तर उडानको विकास गर्ने क्रममा सन् २०१४ मा भएको एउटा घातक दुर्घटना सहितका प्राविधिक कठिनाइहरू आए। त्यसले यस्तो अन्तरिक्ष परियोजनालाई उनको करिअरकै सबैभन्दा चुनौतीपूर्ण काम बनायो। "म बच्चा छँदादेखि अन्तरिक्षमा जान चाहन्थेँ। र मैले आउँदो सय वर्षमा लाखौँ अन्तरिक्षमा पुगेको हुने आशा राखेको छु," बीबीसीसँग उनले भने।

"र उनीहरू नजाउन् पनि किनरु अन्तरिक्ष विलक्षण छस विश्व शानदार छ। म मानिसहरू सुन्दर पृथ्वीलाई हेर्न सकुन् र घर फर्केर त्यहाँ निकै मिहिनेत गर्दै चमत्कार गर्न सकुन् भन्ने चाहन्छु।"

युनिटी नाम दिइएको उक्त यानलाई एउटा निकै ठूलो विमानमार्फत् १५ किलोमिटरमा लगेर छाडिनेछ। त्यसपछि युनिटीको पछाडिपट्टि रहेको एउटा रकेट मोटरलाई प्रज्वलित गरी यानलाई आकाशतर्फ धकेलिनेछ।

उक्त मोटर ६० सेकेन्डसम्म जल्दाखेरि सर रिचर्ड, उनका तीन जना चालक दल र दुईजना पाइलटले तलपट्टि पृथ्वीको गज्जबको दृश्य देख्नेछन्। युनिटीले लिने अधिकतम उचाइ झन्डै ९० किलोमिटरको हुनेछ।

उचाइ लिने क्रमको अन्तिमतिर सर रिचर्डले केही बेरको शून्य तौल अनुभव गर्नेछन्। र उनी क्याबिनभित्र केही बेर तैरिएर झ्यालबाट बाहिर हेर्नेछन्। अन्तत: उनी आफ्नो सीटमा फर्केर न्यू मेक्सिकोको स्पेसपोर्टमा फर्कनेछन्।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले सर रिचर्ड ब्रानसनको कम्पनी भर्जिन गलाक्टिकको रकेट विमानलाई पैसा लिएर अन्तरिक्षसम्म यात्रु उडाउन अनुमति दिइसकेको छ। अन्तरिक्षको छेउमा पुग्न ६०० यात्रुले पैसा बुझाइसकेका छन्।