२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो



अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।
सो पार्टीको आईतवार सम्पन्न केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिना भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो ।

त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानिय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले अब पार्टीको ध्यान सम्पूर्ण रुपमा महाधिवेशनमा केन्द्रित हुने बताउनु भयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘संगठनलाई सुदृढीकरण गर्नका लागि हामीले अबको जेठ महिना सम्मका लागि स्थानीय पार्टी कमिटीहरुलाई एउटा कार्ययोजना दिएर पठाएका छौं । फागुन महिनामा जिल्लाहरुले गर्दै, त्यो भन्दा अगाडि स्थानीय कमिटीहरुले गर्दै जेठ महिनासम्म पुग्दा प्रदेशको कमिटीहरुले आफ्नो कमिटी गठन पुनर्गठन गरिसक्नेछन । आउँदो अर्को वर्षको फागुन भित्रमा हामी पार्टीको राष्ट्रिय महाधिवेशन गर्छौैं भन्ने हामीले कार्ययोजना दिएका छौं । र, सम्पूर्ण ध्यान अब त्यतातिर दिने भन्ने पार्टीले आम धारणा बनाइसकेको छ ।

अहिले निर्णयमा हामी यही कुराहरुलाई अगाडि सार्नेछौं । देशको बामपन्थी आन्दोलनलाई एकजुट बनाउनको निम्ति हामीले पहलकदमी गर्नुपर्ने, अगुवाई गर्नुपर्ने, हामीले नगरे अरुले गर्नसक्ने परिस्थिति नरहेको तर हामीसँगै हिँडन खोजिरहेको वातावरण हामीले देखेका छौं । त्यसकारण एउटा असल कम्युनिष्ट पार्टीको नाताले वामपन्थी शक्तिहरुलाई जुटाउने जिम्मेवारी पनि हाम्रै काँधमा छ । यो दिशामा जनुपर्छ भन्ने दिशामा हामी अघि बढ्दैछौं । संविधान र राष्ट्रको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेका छौं ।’

त्यसैगरी बैठकले संविधान र मुलुकको राष्ट्रियतालाई जोगाउनका लागि दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ । कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउने दिशामा पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न पहल गर्ने निर्णय पनि गरिएको प्रवक्ता खतिवडाले बताउनु भयो । बैठकमा नेताहरुले आगामी ४ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।