२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला भलिबल: उपाधिका लागि न्यु डायमण्ड र एपीएफ भिड्दै



अ+ अ-

काठमाडौं । राजधानीमा जारी छैठौं संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ ।

प्रतियोगिताको फाइनलमा साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।

एपीएफ उपाधि रक्षाको योजनासहित कोर्टमा उत्रिनेछ भने न्यु डायमण्ड नयाँ च्याम्पियन बन्ने योजनामा रहेको छ ।

चार टोलीको सहभागीता रहेको प्रतियोगितामा न्यु डायमण्ड अपराजित रहदै फाइनल पुगेको हो । सोमबार भएको लिग खेलमा न्यु डायमण्डले एपीएफलाई ३-१ को सेटमा हराएको थियो ।

एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।

तेस्रो स्थानका लागि भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।