२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋणको तालिका सार्वजनिक गर्दै चैतसम्ममा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने बताएको छ ।

चालु आवको दोस्रो त्रैमासिकमा ३० अर्ब आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासिकमा ८८ अर्ब उठाउन लागेको हो । चालु आर्थिक वर्षभित्र सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । ती लक्ष्य पूरा गर्न उसले तीन चरणमा ऋण उठाउने योजना बनाएको छ । अर्ब चौथो त्रैमासिकमा सरकारले आन्तरिक ऋणमार्फत १ खर्ब ३६ अर्ब रुपैयाँ उठाउने योजना बनाएको छ ।

केन्द्रीय बैंकले तेस्रो त्रैमासिकमा ट्रेजरी बिलमार्फत ६० अर्ब, विकास ऋणमार्फत २५ अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड रुपैयाँ आन्तरिकण ऋण उठाउन लागेको हो ।