२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने



file
अ+ अ-

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बिहीबार बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँकै निवास बालकोट पुग्नुभएको थियो ।

अध्यक्ष ओलीसँगको छलफलमा आफूहरुबीच उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बोलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भोलि बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने पनि बताईएको छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुनेछ । नेकपा एमालेले पूर्वसहमति अनुसार राष्ट्रपति पदको दावी गरिरहेको छ । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्ड भने सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।