२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निहारिका र शिवराजले गरे बिहे



तस्बिर: सामाजिक संजाल
अ+ अ-

धनुषा । जनकपुरस्थित जानकी मन्दिरमा शुक्रबार निहारिका राजपूत (सोनालीकुमारी सिंह) र शिवराज श्रेष्ठले विवाह गरेका छन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गरिसकेका छन् ।

निहारिकाले आफूमाथि बलात्कार भएको भनी जिल्ला अदालत धनुषामा मुद्दा लडेकी थिइन् । धनुषा जिल्ला अदालतले शिवराज र निहारिकाबीच प्रेम सम्बन्ध रहेको र प्रमेसम्बन्धमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।

जिल्ला अदालतले शिवराजलाई सफाइ दिएपछि उनले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । साथै मुद्दाको सुनुवाइ नभएको भन्दै उनले आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

यही माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् । त्यसको भोलिपल्ट माघ १६ गते शिवराजसँग आफू मिलेर बस्ने भन्दै धनुषा जिल्ला अदालतमा मिलापत्र गरेकी थिइन् ।