२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश प्रदेश विजयी



अ+ अ-

पोखरीया । प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घ विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश विजयी भएको हो ।

प्रतियोगिताको म्यान अफ दी म्याच मधेस प्रदेशकी उजेली चौधरी र म्यान अफ द सिरिज मधेस प्रदेशका नवीन तामाङ घोषित हुनुभएको हो । आजको फाइनल प्रतियोगितामा ७८ रनको लक्ष्य रहेकामा मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले ९ दशमलव ४ ओभर खेल्दै मात्र १ विकेटको नोक्सानीमा पूरा गर्दै उपाधि जितेको हो । त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले १८ दशमलव ३ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाएको थियो ।

उपाधिसँगै मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घले नगद रु ३० हजार, मेडल र ट्रफी हात पारेको छ भने उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहीन क्रिकेट सङ्घले भने नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको हो । दृष्टिविहीन खेलाडीको आत्मबल तथा आत्मविश्वास बढाउनुका साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना प्रतियोगितामा चारवटै प्रदेशका गरी १६ महिलासहित ६० जना दृष्टिविहीन खेलाडीले भाग लिएका थिए ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घ र मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा चार प्रदेशका टिमले भाग लिएका थिए । प्रतियोगितामा सात वटै प्रदेशलाई आमन्त्रण गरिए पनि प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश गरी चार प्रदेशले मात्र भाग लिएको नेपाल नेत्रहीन क्रिकेट सङ्घका कार्यक्रम संयोजक महेश साहले जानकारी दिनुभयो । रासस