२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार पनि बढ्यो अमेरिकी डलरसहित विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ६९ पैसा तोकिएको छ ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९१ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

 त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७६ पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ४० रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ५७ पैसा रहेको छ ।  

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ६१ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ४९ पैसा तोकिएको छ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८१ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५३ पैसा तोकिएको छ ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ९५ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३० पैसा तोकिएको छ।