२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछिकै नकारात्मकः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको राजश्व संकलन आर्थिक वर्ष २०२४÷२५ पछि पहिलो पटक नकारात्मक रहेको बताउनुभएको छ ।

आईतवार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राजश्व संकलनको वास्तविकतालाई सरकारले स्वीकार गर्नुपर्ने बताउनु भयो । अर्थमन्त्री पौडेलले स्रोत परिचालन र खर्च व्यवस्थापनको सरकार अत्यन्तै ठूलो दबाबमा रहेको बताउनु भयो ।

उहाँले राजश्व संकलनमा २०७९ पुस सम्मको लक्ष्य ६ खर्ब ५१ अर्ब ६२ करोड रहेकोमा लक्ष्यको तुलनामा २४.८ प्रतिशतले कम अर्थात ४ खर्ब ९० अर्ब ४ करोड मात्रै संकलन भएको बताउनु भयो । मन्त्री पौडेलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समिक्षा अवधिमा राजश्व संकलन १५ प्रतिशतले घटेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘स्रोत परिचालन र खर्च व्यवस्थापनको दृष्टिकोणले सरकार अत्यन्तै ठूलो चापमा छौं । राजश्व संकलनमा २०७९ पुस सम्मको लक्ष्य ६ खर्ब ५१ अर्ब ६२ करोड रहेकोमा लक्ष्यको तुलनामा २४.८ प्रतिशतले कम अर्थात ४ खर्ब ९० अर्ब ४ करोड मात्रै संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समिक्षा अवधिमा राजश्व संकलन १५ प्रतिशतले घटेको छ । राजश्व संकलनको यस्तो प्रकारको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक हुन पुगेको छ । यो वास्तविकतालाई स्वीकार गर्नुपरेको छ । राजश्व परिचालनमा धेरै पछाडि परेकोले राजश्व परिचालनमा ठूलो दबाबमा छौं ।’

उहाँले राजश्व परिचालनमा धेरै पछाडि परेकोले राजश्व परिचालनमा ठूलो दबाबमा सरकार रहेको बताउनु भयो ।