काठमाडौं । आज पनि बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु एक सयले बढेको हो । हिजो (बुधबार) प्रतितोला रु ९२ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार) तोलामा रु एक सयले बढेर प्रतितोला रु ९२ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ८ सय कायम भएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु १३१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।







