२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गर्नुभएको छ ।

हिजो साँझ त्यहाँ पुग्नुभएका उहाँले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिनुभएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिनुभयो । जीपलाइनको अनुभव लिँदै उहाँले भन्नुभयो, “जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।”

करिब रू तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ ।