२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई चिन्दिनँ भनेपछि ट्रोल बनिन् गायिका चौहान



अ+ अ-

काठमाडौँ । चर्चित गायिका एलिना चौहान यतिबेला एक अन्तर्वार्ताका कारण चर्चामा आएकी छन् ।

आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी भएकी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको तस्बिर देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।

त्यसको जवाफमा गायिका चौहानले व्यक्ति रवि लामिछाने भए पनि कुनै पनि रूपमा नचिन्ने प्रतिक्रिया दिएकी थिइन् ।

मिडियाकर्मीदेखि पछिल्लो समय राजनीतिक र नागरिकताको विषयले चौतर्फि चर्चामा रहेका रविलाई चिन्दिन भनेपछि अहिले सामाजिक सञ्जालमा उनी ट्रोल बनिरहेकी छन् ।

एक प्रयोगकर्ताले टिकटकमा उनलाई गाइने भएर मात्र भएन, देशलाई चाहिने मानिस चिनिराख्नुपर्छ भनेर व्यङ्ग्य गरेका छन् ।

कतिले उनको फोटोसँग विभिन्न पोस्ट गर्दै उडाइरहेका छन् । कार्यक्रमको सुरुमा सुवेदीले रविको चर्चा पनि गरेका छन् । तरपछि फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भन्दा कुनै रूपमा चिन्दिन भनेपछि उनी आलोचित बनेकी हुन् ।

एलिना पछिल्लो समय गीत ‘धोकेबाज’को कारणले चर्चामा छिन् । उनले विभिन्न स्थानमा दिएको प्रस्तुतीमा उक्त गीत गाएर युवायुवती मरिहत्ते गरेको भिडियोहरू सामाजिक सञ्जाल टिकटक लगायतमा भाइरल भइरहेका छन् ।