२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको उम्मेदवार एकीकृत समाजवादीले पनि उठाउन सक्छ– झलनाथ खनाल



file
अ+ अ-

धनगढी । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आवश्यक परे आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउन सक्ने बताउनुभएको छ ।

मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक दलहरुबीच सहमतिका आधारमा आवश्यक भएको अवस्थामा एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा उम्मेदवार दिनसक्ने बताउनुभएको हो ।

राष्ट्रपतिमा तपाईंको पनि चर्चा चलेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “चर्चा गरिदिएकामा धन्यवाद ।”

सबै राजनीतिक दलले सुझबुझपूर्ण ढंगले राष्ट्रपति निर्वाचनको हकमा निर्णय लिनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रपति निर्वाचन भनेको महत्त्वपूर्ण एजेन्ड हो भन्दै उहाँले भन्नुभयो, “यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दूरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनुपर्छ ।”

नेता खनालले अहिले नै सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको टिप्पणी गर्नुभयो । अहिले गठबन्धन भत्किने र नयाँ गठबन्धन बन्ने त्यस्तो कुनै सम्भावना नदेखिएको उहाँको भनाइ थियो ।