२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको शतकमा नामिबियामाथि नेपालको सानदार जित



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई पहिलोपटक हराएको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो ।

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितको लागि कुशल भुर्तेलले १ सय १५ रनको कीर्तिमानी शतकीय इनिङ खेले ।

कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । साथै, टी२० अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् । यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरिसकेका थिए ।

नेपालको लागि कप्तान रोहित पौडेलले ७६ बलमा ७२ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, ३ चौका र १ छक्काके सहयोगमा सन्दीप जोराले २४ बलमा २८ रन बनाएका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २५ बनाए भने करण केसीले २० रन जोडे । सन्दीप लामिछाने भने गोल्डेन डग आउट भए ।

नामिबियाको तर्फबाट बलिङ गरेका रुवेल ट्रम्पेलम्यान र जान निकोलले समान ३र३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले मिचेल भानले १ सय ३७ बलमा १ सय ३३ रनको शतकीय ईनिङ खेले। उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान ग्रेर्हाड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए भने जान ग्रिनले ३४ रन बनाएका थिए ।

नेपालका लागि करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । एकदिवसीय अन्तराष्ट्रियमा करणको यो तेस्रो ५ विकेट हो । सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र कुशल मल्लले समान १/१ विकेट लिए ।

सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ भने नामिबिया ३१ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।