२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट राष्ट्रपति बनेमा देश बर्बाद हुन्छ: माधव नेपाल



अ+ अ-

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अहिलेको सत्ता गठबन्धन संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।

कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

‘खिचडी गठबन्धन’को संज्ञा दिँदै उनले भने, ‘यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध छैन । यो परिवर्तनप्रति पनि गौरववोध गर्ने खालको समेत छैन । फरक प्रसंगमा उनले राष्ट्रिय सहमतिविना राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए ।

यस्तै अध्यक्ष नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताउँदै त्यसप्रति सतर्क रहेर प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न आह्वान समेत गरे ।

‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौं । प्रतिगमनको पक्षमा कोको ? अग्रगमनको पक्षमा उभिने कोको ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौँ ।’ नेकपा एमालेबाट राष्ट्रपति बनेमा देश बर्बाद हुने उनको भनाई छ ।