२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै मितिमा पाँच चलचित्र प्रदर्शन



फाईल फोटो
अ+ अ-

काठमाडौं । चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् ।

आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् ।

यीमध्ये दुई चलचित्र जारी र बिहे पासमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा हुनुहुन्छ । दुवै चलचित्र विवाहमा केन्द्रित छन् । एकै दिन आफ्ना दुई चलचित्र प्रदर्शनमा आउँदा अभिनेता राई भने खुसी हुनुहुन्न । उहाँले भन्नुभयो, “मैले पनि निर्माताले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ, किन एउटै मिति रोज्नुभयो थाहा छैन । एकै दिन पाँच–छमध्ये आफ्नै दुई चलचित्र हुँदा अस्वभाविक लागिरहेको छ, यसबारे छलफल हुन्छ ।”

चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बजारले धान्नै नसक्ने गरी एउटै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउनु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा छलफल गरेर केही प्रयास भने गर्ने छौँ ।” यसको समाधानका लागि निर्मातालाई समझदारी र सहमतिमा अगाडि बढ्न अनुरोध गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

वितरक सुनिल मानन्धरले नयाँ वर्ष नेपाली चलचित्रका लागि शुभ भए पनि भीडभाडले समस्या निम्त्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार गर्ने चलचित्र छन् । उदाहरणका रूपमा कबड्डी–३ र ४ लाई लिन सकिन्छ ।”

एउटै मितिका लागि प्रदर्शन घोषणा भए पनि प्रदर्शन मितिसम्म पुग्दा केहीले भने मिति सार्ने गरेका छन् । रासस




भर्खरै