२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी लगिँदैछ भण्डारीलाई मुम्बई



अ+ अ-

काठमाडौँ । ग्यास सिलिन्डर विष्फोट भई गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदैछ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीका अनुसार भण्डारीको श्वास नलीमा जलनले असर सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी (ईन्टुबेसन गरी) अक्सिज दिँदै एयर एम्बुलेन्समार्फत मुम्बई लगिनेछ ।

उहाँले नर्भिक अस्पतालका चिकित्सकीय टिमसहित मुम्बई रिफर गर्ने तयारी भइरहेको भन्दै मुम्बईको नेसनल बर्न सेन्टर अस्पताल र चिकित्सकीय टिमसँग आफूहरु पनि सम्पर्कमा रहने जानकारी दिनुभयो ।

यसअघि डा कार्कीले भण्डारीलाई किर्तिपुर बर्न अस्पतालमा भेटेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ, “उहाँको स्वास्थ्य अवस्था बुझी उहाँसँग पनि प्रत्यक्ष थोरै कुराकानी गरेर आएको छु । दुबै हात खुट्टा र अनुहार गरी शरीरमा ३० प्रतिशत जति जलन भएको । मैले भेट्दा सम्म हाई फ्लो अक्सिजनमा रहि कठिनाइका साथ बोल्न चाहिँ सकिरहनुभएको छ ।