२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा प्रजातन्त्र दिवस -फोटो फिचर



अ+ अ-

तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौं । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।

हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही अनुसार आज सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो ।

आज विभिन्न कार्यक्रम गरी देशभर नै प्रजातन्त्र दिवस मनाइन्छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मुल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

समारोहमा नेपाली सेनाको दुई हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै देशप्रेमका कालजयी गीतहरुको धुन र व्याण्ड बजाएर प्रजातन्त्र दिवस मनाइएको छ ।