२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टोली स्वदेश फर्कियो



अ+ अ-

काठमाडौँ । भारतसँगका दुई मैत्रिपूर्ण खेल खेलेर आईतवार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रुपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा सहभागि भएर नेपाली टोली आईतबार स्वदेश फर्किएको हो ।

आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिनुभयो । उहाँले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टिमको प्रदर्शनमा सुधार भएको टिप्पणी गर्नुभयो । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउनबाट राम्रो खेलेको बताउनु भयो ।

आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिएपनि उनीहरुबिरुद्ध राम्रो नतिजा निकाल्दा आपूm सन्तुष्ट रहेको बताउनु भयो । उहाँले प्रिति राई बिरामी हुनाले अपेक्षा अनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गर्नुभयो ।

यस्तै नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारी भएपनि राम्रो भएको र सोही अभ्यासबाट घरेलु टोलीबिरुद्ध सुखद् नतिजा निकाल्न सफल भएको बताउनु भयो । दुई खेल मध्ये दुवैमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको बताउनु भयो । पहिलो खेलमा पछि परेको अवस्थामा स्ट्राइकर सावित्राले सम्हालिएको प्रदर्शन गर्न सकेको बताउनु भयो ।

बिरामी भएका कारण अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल प्रिति राईले भने जितको खोजिमा आफ्नो टोली भएपनि राम्रो खेलेको बताउनु भयो । अर्की खेलाडी अमिषा कार्कीले मैत्रिपूर्ण खेल आफ्नो लागि राम्रो अनुभव बटुल्ने अवसर भएको बताउनु भयो । उहाँले आफ्नो स्वभाविक खेल खेल्न नसकेको भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

एशियन कप छनोटको तयारीमा रहेको नेपाली भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ । प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औं स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताउनु भयो । भ्रमणको क्रममा घरेलु टोलीमा निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने धारणा प्रशिक्षक थापाले राख्नुभयो ।

भारत भ्रमणको क्रममा नेपालले दुई मैत्रिपूर्ण खेल खेलेको थियो । खेल अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २–२ को बराबरी खेलेको थियो । पुनरागमन गर्ने क्रममा सावित्रा भण्डारीले एक पेनाल्टी गोलसहित एक गोल गर्न सफल भएकी थिइन् । यस्तै दोस्रो मैत्रिपूर्ण खेलमा भने नेपालले भारतबिरुद्ध गोलरहित बराबरी खेलेको थियो । बराबरी नतिजा निकाल्ने क्रममा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको खेल उत्कृष्ट रहेको थियो ।