५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीमा राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री दाहाललाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

सोमबार पार्टी केन्दिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनु भयो ।

उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भयो । हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ । राष्ट्रिय सहमति खोज्ने कुरा नै हाम्रो नीति हुनुपर्छ भन्ने कुरा भयो । प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय भयो ।’

उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताउनु भयो ।