२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस र जसपाका नेताहरू देउवा निवासमा, माधव नेपाल पनि पुगे



अ+ अ-

काठमाडौँ । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको मनोनयन नजिकिँदै जाँदा नेताहरूको दौडधुप पनि बढेको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् । राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि अध्यक्ष नेपाल धुम्बाराही पुगेका हुन् ।

धुम्बाराहीमा नेपाली कांग्रेस, नेकपा एस र जसपाका नेता छलफलमा छन् । एकीकृत समाजवादीका केही नेता कांग्रेस सभापति देउवाको निवास धुम्वाराही पुगेका हुन् ।

सचिवालय बैठकलगत्तै महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल, प्रवेश हमाल त्यहाँ पुगेको बताइएको छ । स्रोतका अनुसार त्यहाँ केहीबेर छलफलमा सहभागी भएर जसपा अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् ।

सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेता भेटवार्तामा सहभागी रहेको स्रोतले बताएको छ । राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेर नेताहरुबीच भेटघाट भएको हो ।