२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिमा हाम्रो दाबी छ: सांसद प्रकाश ज्वाला(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ । बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताउनु भयो । उहाँले नेपालले संविधान निर्माणमा खेलेको भुमिका, देशको निम्ति गरेको योगदानका कारण उहाँको चर्चा हुनु स्वभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीका अध्यक्ष वा हाम्रो पार्टीका नेता राष्ट्रपतिका निम्ति योग्य हुनुहुन्न भन्ने कुरा पनि भएन । त्यसका निम्ति योग्य नै हुनुहुन्छ । पटक–पटक प्रधानमन्त्री भएर अनुभव गरेका व्यक्तिहरु, संविधान निर्माणमा भुमिका खेलेका व्यक्तिहरु र लामो राजनीतिक इतिहास भएकाहरु, राष्ट्रका निम्ति धेरै ठूलो योगदान गरेका व्यक्तिहरु हुनुहुन्छ, त्यसैले उहाँहरुको चर्चा हुने कुरा पनि स्वभाविक हो । र त्यसमा हाम्रो दाबी रहने कुरा पनि स्वभाविक हो । त्यसैले जुन हैसियत हाम्रो नेताहरुको छ, त्यो हैसियत अनुसार र अहिले जुन पछिल्लो समयमा राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको निर्वाचन गरौँ भन्ने विषय छलफलमा छ, त्यस हिसावले हेर्‍यो भने राष्ट्रिय सहमति जुट्न सक्ने उपयुक्त दल वा उपयुक्त पात्र पनि हाम्रो पार्टीकै नेता हुन सक्छन् भन्ने हिसावले यसमा पनि हामी ओपन नै छौँ ।’

उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त दल आफूहरु भएको र उपयुक्त पात्र पनि अध्यक्ष माधवकुमार नेपाल भएको बताउनु भयो ।