२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच बिहीबार बैठक बस्ने भएको छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटमा राष्ट्रपति उम्मेदवार र विगतको पाँच दलीय गठबन्धन ब्युँताउने विषयमा कुनै निष्कर्ष ननिस्केको दुवै नेताले बताउनुभएको थियो । भेटमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्छ भन्दा प्रधानमन्त्री प्रचण्डले आफू सो प्रस्तावमा सहमत भएको तर नेपाली कांग्रेससँग पनि कुराकानी गर्नुपर्ने बताउनुभएको थियो ।

नेपाली कांग्रेससँग आजै साँझ ५ बजे छलफल गर्ने तयारी रहेको बताइएको छ । सोअघि माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको हो ।