२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै



अ+ अ-

काठमाडौं । आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज शुक्रबार हुदैछ ।

दोस्रो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचमा खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बाट सुरु हुनेछ ।
समूह ‘बी’को शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड चार संस्करणको फाइनलमा पुग्दा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिका हालसम्म फाइनल पुग्न सकेको छैन ।

एक आपसविरुद्ध भएको पाँच खेलमा इंग्ल्याण्डले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक जित हात पारेको छ ।

आजको विजेताले फाइनलमा अष्ट्रेलियासँग खेल्नेछ । बिहिबार भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलिया भारतलाई हराएर फाइनलमा पुगेको थियो ।