५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन मुद्दा हाल्ने, अनि पार्टी एकताको गीत गाइरहने’



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले माधव पक्षका नेताहरुलाई पार्टी नेतृत्वका विरूद्ध गठवन्धनको वकालत गरेको आरोप लगाउनुभएको छ । 

उहाँले आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लागिपरेको भन्दै सो समूहलाई अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने अनि पार्टी एकताको गीत गाइरहने गरेको आरोप लगाउनुभएको हो । 

सामाजिक सञ्जाल ट्वीटरमा महासचिव पोखरेल लेख्नुहुन्छ,

 

पार्टी नेतृ्त्वका विरूद्ध गठवन्धनको वकालत गर्ने- त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने; आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने !! अनि पार्टी एकताको गीत गाइरहने !! हत्तेरिका कसरी सकेको !!

— Ishwar Pokhrel (@IshwarPokhrel) July 4, 2021