२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज प्रवेश गर्न पाउनुपर्ने रुलिङ गर्न माग



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गर्नुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सो माग गर्नुभएको हो । उहाँले सांसदहरु र उनीहरुका आफन्तहरु मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणहरुलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले संहदरबारको दक्षिण गेट हेर्नसक्छौँ, हामी सांसदहरु, मन्त्रीहरु त्यहीँबाट ओहोरदोहोर गर्छौं, जनताहरु बाहिर हुन्छन्, चिनेजानेको बाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालयहरु सिंहदरबारभित्र र सर्वसाधारण बाहिर हुन्छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । जनतालाई प्रताडित गर्नु हुँदैन । सभामुखले आजै रुलिङ गर्नुपर्छ कि सिंहदरबार भित्र जनतालाई सहज प्रवेश गर्ने वातावरण हुनुपर्छ ।’




भर्खरै