काठमाडौं । रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा समयमा फ्रन्टलाईनमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्रकला मेटिएको भन्दै कलाकारहरुले काठमाडौं महानगरपालीको ध्यानकर्षण गराएका छन् ।
बिभिन्न प्लेकार्ड र महानगरपालीले मेटाएको चित्रकला सहित महानगरको कार्यलय पुगेका कलाकारसंग मेयर बिद्यासुन्दर शाक्यले भेट गर्न भने चाहेनन् । उनिहरुले कलाको सहरमा कलाकै हत्या भएको भन्दै मेयर शाक्यलाई प्रश्न सोधेका छन् ।
उनिहरुले आफु र आफ्नो परिबारको ज्यू-ज्यान जोखिममा राखेर अग्रमोर्चामा खटिएकाहरुको सम्मान गर्न पनि महानगरमपालीकालाई सुझाब दिएका छन् । चित्रका परिकल्पनाकार एवं कलाकार दुजाङ शेर्पासहितका छ कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । 
आफूहरुको ध्यानकर्षण पत्र बुझ्न ईन्कार गरेको भन्दै शेर्पाले भन्नुभयो, "मेयर साबलाई पटक-पटक सम्पर्क गर्न खोज्दापनि सम्पर्क हुन नसकेपछि महानगरको बजेट तैयारी बैठकमा हामी पुग्यौं। मेयरसाब फेरि भेट्न् मान्नु भएन र हामीले प्रमुख कार्यकारी अधिकृतलाई फेरि त्यही ठाँउमा हामीले हाम्रो चित्र कोर्नु पाउनुपर्छ, र कलाकर्मीहरुले पाउनु पर्ने सम्मान पाउनुपर्छ भनेर निवेदन बुझाएका छौँ । तर हाम्रो धैर्यको बाध अब टुट्न लागि सक्यो महानगरले पुनःविचार गरोस् आफ्नो हर्कतबाट, पुन त्यही स्थानमा सोही चित्रकला बनाउने वातावरण बनाओस् ।"












