बैतडी । बैतडीमा जीप दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् ।
आइतबार बिहान सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप दुर्घटनामा परेको हो । घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका एक सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३ पुगेको हो ।
घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको डडेल्धुरामा उपचार भइरहेको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।












