२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डजीले आठ दललाई चिया खान बोलाएको हो भोट एमालेलाई हाल्नु हुन्छ: ओली



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने दाबी गर्नुभएको छ ।

ललितपुरको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘अलिकति प्रचण्डजीले मलाई अप्ठेरो पर्‍यो, दबाब पर्‍यो भनिराख्नुभएको छ। उहाँले पुस १० गतेको सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग यकिन नै छ,। ’ आठ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे संञ्चारकर्मीले राखेको प्रश्नमा उहाँले भन्नुभयो आठ दललाई चिया खान बोलाएको जति सबै भोट हुन्छ?।’

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।