२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशका राप्रपा मन्त्रीहरुले दिए राजीनामा



अ+ अ-

हेटौंडा । बागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले राजीनामा दिएका छन् ।

शनिबार राति ८:३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर मुख्यमन्त्री शालिकराम जमकट्टेसमक्ष संयुक्तरूपमा राजीनामा पत्र बुझाएका हुन् ।

बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री थिए ।

यस्तै, शनिबार दिउँसो संघमा पनि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले शनिबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिइसकेका छन् ।




भर्खरै