काठमाडौं । काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ। तर थप निषेधाज्ञा पनि थप खुकुलो नै बनाउँदै जाने बताईएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोली सोमबार सकिँदै छ । भोली सकिँन लागेसंगै सम्भवत आज बेलुकीसम्म पुनः काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त बैठक बसेर थप निषेधाज्ञासम्बन्धी निर्णय गर्नेछ ।
हाललाई पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ। त्यस्तै सार्वजनिक यातायातको हकमा जोर बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन्।
आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन् । गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो।












