२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९एसिया छनोट: नेपालको लगातार तेस्रो जित



अ+ अ-

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

यूएईमा भएको खेलमा हङकङलाई नेपालले ९ विकेटले पराजित गरदै लगातार तेस्रो जित हात पारेको हो ।

यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा आकाश त्रिपाठीले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धसतकिय इनिङ खेले।

यस्तै, उत्तम थापाले ५० बलमा ४ चौकाको सहयोगमा अविजित ३९ रन बनाए । अर्जुन कुमाल भने १६ रनमा आउट भए ।

पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुदै १ सय २० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रन बनाए भने मोहम्मद जाहिरले २९ रन बनाए । यसैगरी अहान त्रिवेदीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका हेमन्त धामीले ३ विकेट लिए । आकाश चन्द र सुवास भण्डारीले समान २र२ विकेट लिए भने दीपेश कंडेलले १ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।