२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः नेपालले पिएनजीलाई हरायो



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार पाँचौं जित निकालेको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई चार विकेटले हराएको हो । जितका लागि २०४ रनको लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा २८ बल बाँकी छँदै लक्ष्य भेटायो ।

नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । ६९ बल खेलेका उनले ५ चौका प्रहार गरे । यस्तै, आशिफ शेखले ३९ बलमा ४४ रनको योगदान दिँदा राहित पौडेलले २१ बलमा २० रन जोडे । दिपेन्द्र सिंह ऐरीले ३९ बलमा १७ रन जोडे ।

पिएनजीका अशाद भालाले ३ विकेट लिए भने नर्मान भनुआ र सेसे बाउले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रनको योगफल बनायो ।

पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित ३६ रन बनाए भने कप्तान असाद भालाले ३६, सेसे बाउले ३१, किपीलन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

नेपालका लागि गुल्सन झाले ३ विकेट लिए भने कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।