२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय सम्पादनपूर्व विस्तृत बहस आवश्यक छ: महान्याधिवक्ता पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यक्ता रहेको बताउनुभएको छ ।

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अदालतबाट हुने न्यायलाई कानून विद्यालयमा अध्ययन गराउनयोग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विद्यालयहरुमा प्रोफेसरहरुले अध्ययन गराउँदा गरेका प्रतिक्रियाहरुबाट न्यायाधीशहरुले आफूले गरेको निर्णयको पुनरावलोकन गर्ने गरेको उल्लेख गर्दै त्यसै किसिमबाट नेपालमा पनि न्याय सम्पादन हुन जरुरी रहेको बताउनु भयो ।

महान्यायाधिवक्ता पोखरेलले छिमेकी देश भारमा न्याय सम्पादन गर्दा कुनै विषयमा एक वरिष्ठ अधिवक्ताले निरन्तर २१ दिनसम्म कबहस गर्ने र त्यसका आधारमा मात्रै न्यायाधीशहरुले फैसदा गर्ने गरेको स्मरण गर्दै त्यस्ता नजिरहरुलाई ध्यानमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून पत्रिकाले एकेटेमिक परिवेशमा निखारपन ल्याउँछ । भारतमा हामीले अध्ययन गर्दा सोधेका थियौँ । किन तिमीहरुको जर्जमेण्टको विभिन्न जर्जमेण्टहरुको यत्रो चर्चा हुन्छ किन ? भनेर सोध्दा उनीहरुले समयको कुरा हुन्छ भन्थे । सर्वोच्च अदालतबाट एउटा फैसला आउनका लागि एक जना वरिष्ठ अधिवक्ताले २१ दिनसम्म बहस गर्थे, त्यसका आधारमा सर्वोच्च अदालतले फैसला गर्दथ्यो ।’

‘त्यो फैसला कलेजमा पढाइ हुन्थ्यो र प्रोफेसरहरुले कमेन्ट गर्दथे र कमेन्टलाई ध्यानमा राखेर सर्वोच्च अदालतहरुमा फैसला पुनरावलोकन हुन्थ्यो । उनीहरुले रि करेक्शन गर्दथे । जर्जले आफ्नै जर्जमेण्ट उल्ट्याउँथे । त्यस्तो खालको डिस्कोर्स भयो भने मात्रै जस्टिस डेलिभरिमा नयाँ पन आउँछ । कम्तीमा कानून पत्रिकाले नेपालको अवस्थामा एकेडेमी डिस्कोर्सको लागि जुन छलफल गरेको छ ।’

सो अवसरमा कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनले न्याय सम्पादनको क्षेत्रमा अब्बल कानून व्यवासायीहरुलाई सम्मान गरेको थियो ।




भर्खरै