५ असार २०८३, शुक्रबार
,
Latest
झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोत कार्यालय महोत्तरीबाट नायब सुब्बा र लेखनदास पक्राउ



अ+ अ-

जलेश्वर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले बिहीबार दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी)लाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक सुभास राईले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायब उपरीक्षक राई नेतृत्वमा खटिगएको अख्तियारको टोलीले नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि रु नौ हजार लिई लेखापढी व्यवसायी सुभासचन्द्रलाई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२, महोत्तरीमा राख्न दिँदै गरेको अवस्थामा दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई बरामद रकमसहित आवश्यक मुचुल्का, खानतलासी, पक्राउ पुर्जी र पीडितको फाइल मागेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको छ । रासस