९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी कांग्रेसको ढोक्सामा परेको हैन: महरा



फाईल फोटो
अ+ अ-

उदयपुर । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताउनुभएको छ ।

उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताउनुभयो ।

“राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ”, उहाँले भन्नुभयो । रासस